Comments Add Comment

कांग्रेस नेताले भने- नेपालको प्रगतिमा भारतको कर्मचारीतन्त्र बाधक

१४ मंसिर, टेक्सास । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिपक गिरीले नेपालको प्रगतिमा भारतको कर्मचारीतन्त्र बाधक भएको आरोप लगाएका छन् । नेपालमा जारी भारतीय नाकाबन्दी अन्त्यका लागि कुटनीतिक माध्यम प्रयोग गर्नुको कुनै विकल्प नभएको भन्दै गिरीले आवेश र आक्रोशमा आएर कुनै समस्या समाधान नहुने ठोकुवा गरे ।

Dipak-Giriनेपाली जनसम्पर्क समिति वेस्ट टेक्सास च्याप्टरले ड्यालसमा गरेको ‘नयाँ संविधान अवसर र चुनौती’ विषयक एकदिने विचार गोष्ठीमा नेता गिरीले नाकाबन्दी अन्त्य गर्न वर्तमान सरकार गम्भीर नभएको आरोप लगाए ।

६ जना उपप्रधानमन्त्री नियुक्त गर्दै वर्तमान प्रधानमन्त्री केपी ओलीले दुनिया हसाउने काम मात्र गरेको उनले बताए । सभासद समेत रहेका नेता गिरीले आवश्यकताअनुसार वर्तमान संविधान संशोधन गर्न सकिने बताए ।

गिरीले अहिले देशको सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेस प्रतिपक्षमा भएपनि संविधानको कार्यान्वयनका सवालमा उठेका विषयलाई सल्टाउन कांग्रेस संधै लचिलो हुने बताए ।

कार्यक्रमका विशिष्ट अतिथि नेपाली जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्टले आफ्ना माग राख्दा कसैले गोली खानुपर्ने अवस्था आउन नहुने बताउँदै अहिलेको समस्या समाधान गर्ने दायित्वबाट अलग नबस्न नेपाली कांग्रेसलाई सुझाव दिए । नेपाली कांग्रेसलाई भागबण्डाको राजनीतिबाट मुक्त पार्न उनले सुझावसमेत दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment