Comments Add Comment

भर्जिन लोकेशनमा सकियो ‘सुन्तलीलाई भगाई लग्यो झिल्के ले’

suntali-lai-vagai-lagyo-ghilke-le
चलचित्र ‘सपना तिम्रो मेरो’का निर्देशक ऋषिराज आचार्यले नयाँ चलचित्रको छायांकन सुटुक्क सकेका छन् । ‘सुन्तलीलाई भगाई लग्यो झिल्के ले’ नाम राखेर उनले दसैं पछि चलचित्रको छायांकन सुरु गरेका थिए । ‘नाममै नेपालीपन बोकेको यो चलचित्रका अधिकांश दृश्य भर्जिन छन्, यी लोकेशनमा यसअघि कुनै नेपाली चलचित्र खिचिएको थिएन’, ऋषिराजले भने ।

सगरमाथा अञ्चलको ओखलढुंगा, रामेछाप, पोखरी झरना लगायतका आकर्षक लोकेशनमा चलचित्रको छायांकन सकिएको निर्देशकको भनाई छ । उनले चलचित्रको कथावस्तु नखुलोस् भन्नका लागि सुटुक्क छायांकन गरेको बताए ।

चलचित्रमा सुशान्त कार्की, सुशिल सिटौला, सुरजनी केसी, रीजा भुषाल लगायतका कलाकारले अभिनय गरेका छन् । कलाकारको काम उत्कृष्ट रहेको र आफूले सोचेजस्तै चलचित्र बनेको निर्देशकले बताए ।

उनले यसपटक आफूले नेपाली दर्शककले अहिलेसम्म थाहा नपाएको कथालाई उठान गरेको पनि बताएका छन् । चलचित्रको प्रदर्शन मिति भने तय गरिएको छैन । वि.सं २०७३ मा चलचित्र प्रदर्शनमा आउने ऋषिले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment