Comments Add Comment

ताप्लेजुङ अस्पताललाई ७० हजारको औषधि प्रदान

medicineरविन भट्टराई

१४ मंसिर, ताप्लेजुङ । भारतीय नाकाबन्दीका कारण मुलुकभर औषधिको अभाव देखिएका बेला निदान समाज नेपालले जिल्ला अस्पताल ताप्लेजुङलाई ७० हजार मुल्य बरावरको औषधि प्रदान गरेको छ । जिल्ला अस्पतालमा केही औषधिको अभाव देखिएको समयमा एन्टिबाईटिक, मुटु, ब्लड प्रेसर लगायतका २५ प्रकारका औषधि अस्पताललाई हस्तान्तरण गरिएको समाजले जनाएको छ ।

समाजका अध्यक्ष चन्द्रहाङ बोखिमले अस्पतालका स्टोर किपर डम्बर श्रेष्ठलाई औषधि हस्तान्तरण गरेका हुन् । मुलुकभरनै औषधिको अभाव भएको खबर आएको र जिल्ला अस्पतालमा पनि औषधिको अभाव भएको खबर सुनेपछि आफूहरुले औषधि प्रदान गरिएको बोखिमले बताए ।

केही दिन अघि प्रसुतिका लागि आवस्यक औषधि मेडिकलबाट लिनु पर्ने अबस्था आएको ताप्लेजुङ अस्पतालमा पछिल्लो समयमा अन्य केही औषधिको समेत अभाव हुदै गएको अस्पताल श्रोतले जनाएको छ । चिसोको समयमा रुघाखोकी लगायतका बिरामीको संख्या बढ्दै गए पनि राम्रो औषधी प्रदान गर्न नसकिएको समेत बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment