Comments Add Comment

साहरुखले आमिरको असहिष्णुताको बिषयमा दिए यस्तो बयान

srk-new-looks
बलिउडका कलाकार अहिले भारतमा बढ्दै गएको असहिष्णुताको मुद्दाका बिषयमा आफ्नो बयान दिइरहेका छन् । बयानका कारण उनीहरु विवादमा पनि परिरहेका छन् । यो भीडमा सर्वाधिक विवादमा नायक आमिर खान देखिए । उनले दिएको बयानले भारतमा अहिले पनि बबाल मच्चिरहेको छ ।

आमिरको बयानका बिषयमा बलिउडका नायक साहरुख खानले आफ्नो मौनता तोडेका छन् । उनले एक समाचार च्यानललाई दिएको अन्र्तवार्तामा भनेका छन्-‘आज बलिउडका कलाकारलाई जे जस्तो मिलेको छ, त्यो भारतका कारण मिलेको छ ।’ उनले आमिरको बयानलाई लिएर गरिएको प्रश्नमा कसैको भनाइलाई लिएर आफूले टिप्पणी नगर्ने बताए ।

तर, आफ्नो भनाई दिन सक्ने भन्दै साहरुखले भारतबाट नै बलिउडका कलाकारले सबै कुरा पाएको बताए । उनले भने-‘म कुनै पनि धर्मलाई लिएर त असन्तुष्टी राख्न नै सक्दिन । किनकी, हामीलाई जे जस्तो मिलेको छ भारत देशबाटै मिलेको छ । यसैले मेरो सामु असन्तुष्टी पोख्ने कुनै कारण नै छैन ।’

साहरुखले अगाडि भने-‘म मेरो बच्चाहरुलाई अगाडि बढ्नका लागि केही कुरा सधै भनिरहन्छु । मेरो पिताले भन्नुहुन्थ्यो कि, नुन र खानाका पछि दौडियौ भने चन्द्रमा पुग्न सक्दैनौ । यसैले छोटा छोटा कुरामा ध्यान दिन जरुरी छैन ।’ साहरुखले आफ्ना बच्चाहरुलाई धर्मको बिषयलाई लिएर कुनै फैसला नगर्न पनि सुझाव दिने गरेको बताए ।

खानले कुराकानीमा भने-‘हामी शिक्षित र खुल्ला विचार राख्न सक्ने हुनुपर्छ । हामीले देशमा यस्तो माहोल बनाउनुपर्छ जहाँ कुनै डर छैन । धर्म र जातीलाई लिएर कुनै पक्षपात नहोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment