Comments Add Comment

पोखरामा भारतीय नम्बरको बसमा आगजनी

सन्देश श्रेष्ठ

Bus-aagjani१४ मंसिर, पोखरा । पोखरामा भारतीय पर्यटक बोकेको बसमा आइतबार राति आगजनी भएको छ ।

पोखराको पर्यटन बसपार्कमा रोकेर राखेको युपी ५१ टी ८३११ नम्बरको भारतीय बसमा राति एक बजे आगजनी गरिएको हो । आगजनीबाट गाडी जलेको छ ।

बसभित्र पेट्रोल पनि राखेको भएकाले बढी क्षति भएको प्रहरीले जनाएको छ ।

बसमा आगो आफै लागेको हो वा अरु कसैले लगाईदिएको हो भन्ने बारेमा खुलिनसकेको कास्की प्रहरीले जनाएको छ ।

तस्वीरः माधव पनेरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment