Comments Add Comment

आयो कहाँबाट ?

प्रेमराज मिश्र 

Premraj-Mishraपहिलो गासमै ढुंगा संघीयता, आयो खास कहाँबाट

बिथोलिने गरी सद्भभाव त्यो,बतास आयो कहाँबाट !!

पूर्व मेची पश्चिम महाकाली,एकढिक्का नेपाली

नेपालीले नेपालीलाई मार्ने,पास आयो कहाँबाट !!

आखिर् हेतु सबको एउटै नै हो, आदर्श-रामराज्य

आफ्नै घर असुरक्षित,सन्त्रास आयो कहाँबाट !!

हेर्दा हेर्दे सेतो बादल मडारियो, भई कालो निलो

पानी जूठो,आगो जूठो,मलमास आयो कहाँबाट !!

कतै एकादेशको कथा बन्छ कि, प्यारो देश नेपाल

मेटिने गरी अस्तित्व,बिनाश आयो कहाँबाट !!

अखण्ड भुमि खण्ड खण्ड,बकबास आयो कहाँबाट

मर्ने त नेपाली नै हो फेरिअर्को, लास आयो कहाँबाट !!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment