Comments Add Comment

डलर बलियो बन्दा सुनको भाउ घट्दो, सोमबार तोलामा २ सय रुपैयाँ सस्तो

Gold Silver market Newroad Kathmandu (4)

१४ मंसिर, काठमाडौं । अमेरिकी डलर बलियो बन्दा बजारमा सुनको भाउ निरन्तर घट्ने क्रम जारी छ । आइतबार प्रतितोला २ सय रुपैयाँले सस्तिएको सुनको मूल्य सोमबार पनि २ सय रुपैयाँ कम भएको छ ।

सोमबार छापावाल सुन प्रतितोला ४८ हजार रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य भने तोलमा ४७ हजार ७ सय ५० रुपैयाँ कायम भएको छ ।

सोमबार चाँदीको मूल्य पनि तोलाको ५ रुपैयाँले सस्तिएको छ । आइतबार तोलामा ६ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार ६ सय ७० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

अमेरिकी डलरको मूल्य बढ्दै गर्दा सुनका लगानीकर्ताहरु डलरमा आकर्षित भएसँगै सुन सस्तो भएको हो । अमेरिकी अर्थतन्त्र थप बलियो बन्दै गएकाले डलरको मूल्य उकालो लाग्ने क्रम जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment