Comments Add Comment

दीपकराजको आरोप-‘आफ्नो भयंकर, अर्काको चलचित्र झुर भन्नेले बिगारे’

chockelet (1)
चलचित्र ‘चकलेट’को पत्रकार सम्मेलनमा उपस्थित भएका हाँस्य कलाकार दीपकराज गिरीले नेपाली चलचित्र क्षेत्रमा देखिएको विकृतीको बारेमा कुरा गरे ।

उनले नेपाली चलचित्र क्षेत्रमा एउटा यस्तो जमात देखिएको छ भन्दै अगाडि थपे-‘यहाँ यस्तो एउटा जमात देखिएको छ, जसले आफ्नो चलचित्र भन्दा अरुको चलचित्रलाई चलचित्र नै भन्दैन ।’ आफ्नो चलचित्र भयंकर र अरुले चलचित्र नै बनाउन जान्दैनन् भन्ने सोच भएका केही व्यक्तिका कारण यो क्षेत्र अगाडि बढ्न नसकेको दीपकको भनाई थियो ।

दीपकले नेपाली चलचित्र क्षेत्रले करोडौ बजेटमा बनेका भारतीय र हलिउड चलचित्रसँग प्रतिस्पर्धा गर्नुपरेको बताउँदै भने-‘विदेशी भन्दा पनि हामी आफ्नै साथीहरुको सोचका कारण अगाडि बढ्न सकेका छैनौ ।’ उनले ती चलचित्रकर्मी को हुन् भनेर कुनै कुरा खुलाएनन् ।

दीपकले भने-‘तपाइले बनाएको चलचित्रले २ वटा शुक्रबार धान्ला । ५० वटा शुक्रबार त अन्य चलचित्रकर्मीले बनाएकै चलचित्रले यो क्षेत्र धानिएको छ ।’

अरुको पनि कामलाई प्रशंसा गर्न सके यो क्षेत्र अगाडि बढ्ने दीपकको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment