Comments Add Comment

महन्थ बालुवाटारमा वार्ता गर्दै, उपेन्द्र आन्दोलनको खाका बनाउँदै

Baluwatar-meeting-with-Madh
१४ मंसिर, काठमाडौं । मधेसी मोर्चासहितको त्रिपक्षीय वार्ता बालुवाटारमा सुरु भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएपछि ओली पहिलो पटक मधेसी मोर्चासँगको वार्तामा बसेका छन् ।

वार्तामा प्रमुख विपक्षी कांग्रेसका सभापति सुशील कोइरालासहितका नेताहरु छन् । सत्तारुढ दलहरुको तर्फबाट प्रधानमन्त्री ओलीका साथै एमाओवादी अध्यक्ष प्रचण्ड, फोरम लोकतान्त्रिकका अध्यक्ष वियय गच्छदारसहितका नेताहरु सहभागी भएका छन् ।

मधेसी मोर्चाका तर्फबाट तमलोपा अध्यक्ष महन्थ ठाकुरसहित नेताहरु छन् । मोर्चामा आवद्ध अन्य तीन दलका अध्यक्षहरु भने वार्तामा छैनन् ।

बालुवाटारमा वार्ता चलिरहँदा उपेन्द्र यादव, राजेन्द्र महतो, महेन्द्र यादवसहितका मधेसी मोर्चाका नेताहरु बिराटनगरमा आन्दोलनको रणनीति बनाउँदैछन् । नेताहरुका अनुसार यो बैठकमा १० दिने केन्द्रीय स्तरको आन्दोलनका कार्यक्रम घोषणा गर्ने सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment