Comments Add Comment

लोकप्रिय ट्राभल भिडियोको सुचीमा पर्‍यो खुम्बुको भिडियो

khumbuकाठमाडौं । यात्रासँग सम्वन्धित यस वर्षका १० सर्वाधिक लोकप्रिय युट्यूव भिडियोको सुची गुगलले सार्वजनिक गरेका छ । सुचीमा नेपालको खुम्बु क्षेत्रको भिडियो नवौं नम्बरमा परेको छ ।

सुचीको पहिलो स्थान एयर फ्रान्सको भिडियोले कब्जा गरेको छ जसलाई आठ करोड ७९ लाख जनाले हेरेका छन् । ठूलो अन्तरालले अरुलाई उछिन्दै एयर फ्रान्सको फ्रान्स इन द एयर शिर्षकको प्रवर्द्धनात्मक भिडियो पहिलो स्थानमा रहेको हो । फ्रान्सको संस्कृति, फेसन, खाद्य परिकारदेखि फ्रेन्च किससम्मलाई समेटिएको उक्त भिडियो कम्पनीले आफ्नो आक्रामक’रिब्रान्डिङ’ अभियानका क्रममा गत मार्चमार्चदेखी फ्रान्स अमेरिका, ब्राजिल, जापान, चाइना र इटलीमा प्रशारण गर्न थालेको थियो । उक्त भिडियो ४५ सेकेन्डको छ ।

दोस्रो स्थानमा रहेको छ, फ्लोरिडा स्थिति लेगोल्याण्ड होटलको ग्रान्ड ओपनिङका अवसरमा खिचिएको भिडियो छ । एक करोड ६८ लाख हिट्स पाएको उक्त भिडियोलाई फुनेल भिजनले छायांकन गरेको हो, जसका ७ लाख २० हजार ७ सय ८० ग्राहक छन् । यो भिडियो २४ मिनेट लामो छ । यसैगरी पेरिस एयर सोमा भव्य प्रदर्शनका लागि रिहर्सल गरिएको डि्रमलाइनरको भिडियो तेस्रो स्थानमा आएकोउ छ । गत जूनमा अपलोड भएको यस भिडियोलाई १ करोड २७ लाख जनाले हेरेका छन् ।

नेपालको खुम्बु क्षेत्रका दृष्यहरु समावेश गरे गुगल म्याप राखेको भिडियोलाई पनि अत्यधिक मन पराइएको छ । खुम्बु क्षेत्रका पर्वतश्रृंखला, बौद्धस्तुपा तथा शेर्पा अनुहारहरु भिडियोमा देखिन्छन् । एक मिनेट ४८ सेकेन्डको यो भिडियोलाई ५१ लाख ७१ हजारले हेरिसकेका छन् भने २८ सयले लाइक गरेका छन् ।

टप टेन भिडियो

१. एयर फ्रान्सको ‘फ्रान्स इन द एयर’

२. फुनेल भिजनको ‘लेगोल्याण्ड होटल, ग्राण्ड ओपनिङ इन फ्लोरिडा’

३.बोइङको पेरिस एयर शो २०१५ का लागि गरिएको रिहर्सल

४. डेल्टा एयरलाइन्सको उडान सुरक्षा सम्बन्धी भिडियो ‘द इन्टरनेटेस्ट सेफ्टी भिडियो अन द इन्टरनेट’

५. टर्किस एयलाइन्सको अफ्रीकाको नयाँ उडानसम्वन्धमा बनाइएको प्रवर्द्धनात्मक ‘टर्किस एयरलाइन्स फ्लयाइ अफ्रीका’

६. म्यारिओट होटल्सको म्यारिओटको एप र मोबाइल फिचरहरुको प्रवर्द्धनात्मक ‘द पावर अफ ट्राभल इज इन योर ह्याण्ड्स विथ म्यारिओट मोबाइल एप’

७. एयरबन्बको छाटो विदाको गन्तव्यसम्वन्धी प्रवर्द्धनात्मक ‘नेभर अ स्ट्रेन्जर’

८. म्यारिओट होटल्सको पेरिसका विशेषताहरु देखाइएको ‘फ्रेन्च किस अफिसियल फिल्म’

९. गुगल म्यापको ‘ट्रेक द माउन्टेन्स अफ खुम्बु, नेपाल इन गुगल म्याप्स’

१०. डिज्ने पर्क्सको ‘डिज्ने पर्क्स ब्लग रिडर्स इन्जोई’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment