Comments Add Comment

चकलेट खुवाउँदै ‘चकलेट’को प्रमोशन, भवन निर्माणमा सहयोग आउन सुरु

chockelet (9)
मंसिर १८ गतेबाट प्रदर्शनमा आउनका लागि तयार भएको चलचित्र ‘चकलेट’को प्रचारमा चकलेटकै प्रयोग गरिएको छ । काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा नायिका तथा  निर्मात्री पूजना प्रधानले चकलेट बाढ्दै पत्रकार तथा पाहुनाको स्वागत गरिन् । चलचित्रलाई निर्मल शर्माले निर्देशन गरेका हुन् ।

चलचित्रबाट ठूलो आशा गरेर नजान भन्दै निर्देशक शर्माले सामान्य कथामा सरल चलचित्र बनाएको बताए । चलचित्रकी नायिका तथा निर्मात्री पूजना प्रधानले ‘चकलेट’ सडकमा रहेर  जीवनयापन गरिरहेका बालबालिकाको कथामा निर्माण भएको बताइन् । उनले ५० जना बालबालिकालाई पाल्ने, पढाउने जिम्मा लिएर भवन निर्माण गर्न लागेको बताइन् । चलचित्रबाट आएको सम्पुर्ण रकम भवन निर्माणमा नै खर्च हुने पूजनाको भनाई थियो ।
chockelet (2)
चलचित्रका कलाकार आयुष्मान घिमिरेले पनि आफ्नो तर्फबाट नगद २५ हजार भवन निर्माणका लागि दिने बताए । उनले चलचित्र क्षेत्रमा लागिरहने र यसको सुरुवात ‘चकलेट’बाट भएको बताए । निर्देशक निर्मल शर्माले चलचित्र निर्देशन गरेवापतको सबै पारिश्रमिक आफूले भवन निर्माणका लागि दिएको पनि बताए ।

चलचित्रका कलाकार केशव भट्टराइले यो चलचित्रमा आफू धनाढ्य मानिसको भूमिकामा देखिएको जानकारी गराए । उनले पनि चलचित्र हेर्न ठूलो आशा र भयंकर कथा छ भनेर नजान आग्रह गरे ।
chockelet (7)
चलचित्रमा नम्रता झा, सुमन गैरको पनि मुख्य भूमिका छ । कार्यक्रममा हाँस्य कलाकार जोडी दीपकराज गिरी र  दीपाश्री निरौलाले शुभकामना दिए । उनीहरुले ‘चकलेट’ चकलेट जस्तै गुलियो हुनेमा विश्वस्त रहेको बताए । चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रियले निर्मल शर्मा जस्तै सरल कथामा ‘चकलेट’ बनेको भन्दै सफलताको शुभकामना दिए । काठमाण्डौको दरबारमार्गमा रहेका सडक बालबालिकाको कथामा यो चलचित्र निर्माण भएको छ । chockelet (4)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment