Comments Add Comment

त्रिपक्षीय वार्तामा प्रधानमन्त्री ओलीले भने-जनताले साह्रै दुःख पाए, अडान छाडौं

Baluwatar-meeting-with-Madh

१४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आ-आफ्ना अडान छाडेर देश र जनताको भलाइका लागि सोच्न दलहरुलाई आग्रह गरेका छन् । लामो समयदेखि आन्दोलन गर्दा देश संकटमा परेको र जनताले पीडा भोगेको भन्दै ओलीले चिन्ता व्यक्त गरे ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको प्रमुख तीन दल र मधेसी मोर्चाको बैठकको सुरुमै ओलीले आफूहरु जनताको हितका लागि राजनीति गरेकाले जनताको हितका लागि काम गर्नुपर्ने बताए ।

बैठकबाट केहीबेर अघि बाहिरिएका फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै सञ्चारकर्मीसँग भने, ‘हामीले देश र जनताका लागि राजनीति गरेका हौं । आ-आफ्ना अडान छोडौं र देशका लागि सोचौं ।’

आन्दोलनरत मधेसी मोर्चाका नेताहरुलाई आन्दोलन छाडेर देश पुनर्निर्माणमा लाग्न प्रधानमन्त्री ओलीले अनुरोध समेत गरेका थिए । आफू पनि समस्या समाधानका लागि तयार रहेको भन्दै उनले मधेसी मोर्चालाई सहमतिमा आउन आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment