Comments Add Comment

विज्ञानमन्त्री विश्वेन्द्रको जम्बो टोली पेरिस जाँदै

Bishwendra Paswan

१४ मंसिर, काठमाडौं । फ्रान्सको राजधानी पेरिसमा आजबाट सुरु भएको जलवायु परिवर्तनसम्वन्धी संयुक्त राष्ट्र संघीय विश्व सम्मेलन (कोप-२१) मा सहभागी हुन नेपालबाट २५ जनाभन्दा बढीको सरकारी जम्बो टोली जाने भएको छ ।

विज्ञान तथा वातावरण मन्त्री विश्वेन्द्र पासवानले नेतृत्व गर्ने जम्बो टोलीमा सातजना त सांसदहरु नै रहने छन् । सम्मेलनमा सहभागी हुन मन्त्रालयका सचिव कृष्णचन्द्र पौडेल पेरिस पुगिसकेका छन् ।

वातावरण सम्मेलन नेपाली नेता र सरकारी अधिकारीहरुका लागि विदेश घुम्ने मेलो बनेको छ । सचिव पौडेल पेरिस पुगिसकेपछि मन्त्री पासवानसहित कम्तिमा २५ जनाको अर्को टोली केही दिनमै जाने तयारीमा रहेको मन्त्रालय स्रोतले अनलाइनखबरलाई बतायो ।

मन्त्रीको टोलीमा केही सहसचिव, सांसदहरु, विज्ञ र दुईजना पत्रकारसमेत जाने तय भइसकेको छ । जाने दिनसम्म यो संख्या थपिन सक्ने स्रोतले बतायो ।

आयोजकले एकजना सचिव र एक सहसचिवको मात्रै खर्च व्यहोर्ने छ । बाँकी सहभागीको खर्च नेपाल सरकार स्वयम्ले व्यहोर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment