Comments Add Comment

झण्डा र ब्यानर बोकेर ठिक्क परेका कांग्रेस नेता कार्यकर्ता सडकमा निस्कन पाएनन्

Congresh-Dhanusa

१४ मंसिर, जनकपुर । मधेस आन्दोलनको समर्थनमा सडकमा निस्कन ठिक्क परेका धनुषा कांग्रेसका नेता कार्यकर्ता अन्तिममा आएर रोकिए ।

तराई मधेसमा आन्दोलनरत मधेसी मोर्चा र मधेसी गठवन्धनको चेतावनीका बीच कांग्रेस कार्यकर्ता पार्टीको झण्डासहित सडकमा आउने तयारीमा जुटेका थिए ।

कांग्रेसका नेता कार्यकर्ता चारतारे झण्डा लिएर स्थानीय पिडरिया माइथानमा रहेको पार्टी कार्यालयमा पुगिसकेका थिए । त्यहाँ ८ र २२ बुँदे सहमति कार्यान्वय गर भनेर लेखिएको कालो ब्यानरसमेत तयार पारिएको थियो ।

तर, कार्यालय नजिकै आन्दोलनकारीले टायर बालेर धर्ना दिएपछि कांग्रेस कार्यकर्ताहरु सडकमा निस्कन सकेनन् । कांग्रेस मधेस आन्दोलनमा आउने हो भने पार्टीको झण्डा बोक्न नपाउने आन्दोलनकारीहरुको सर्त थियो ।

Madhesi-protest

कांग्रेसले पार्टी झण्डासहित आन्दोलनमा आउने बताएपछि विहानैबाट जनकपुरमा तनाव सुरु भएको थियो । आन्दोलनकारीले शहरका विभिन्न स्थानमा टायर बालेर प्रदर्शन गरेपछि मुठभेडको खतरा बढेको थियो ।

अन्ततः मुठभेड हुने अवस्था आएको भन्दै कांग्रेसको जिल्ला कार्यसमिति धनुषाले कार्यक्रम स्थगित गरेको छ । कांग्रेसका धनुषा सभापति रामसरोज यादवले अरुलाई आन्दोलन नै गर्न नदिनु अतिवादी सोच भएको बताए ।

Janakpur

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment