Comments Add Comment

सीमा समस्या समाधान गर्न नेपाल र भारत सहमत

Nepal-India-Joint-Field-Sur

ध्रुव भट्टराई

१४ मंसिर, विराटनगर । सीमा सुरक्षा र दशगजा क्षेत्रको समस्यालाई तत्काल समाधान गर्ने सहमति गदै नेपाल-भारत सीमा सुरक्षा बैठक विराटनगरमा सोमबार सम्पन्न भएको छ । नेपाल-भारतको सीमा स्तम्भलाई व्यवस्थित तथा सीमा स्तम्भ मर्मत सम्भार तथा पुनर्निर्माण गर्ने बैठकमा सहमति भएको हो । बैठकले सीमा अतिक्रमण हटाउने निर्णयसमेत गरेको छ ।

आगामी डिसेम्वर ५ तारिकबाट मोरङ, सुनसरी तथा झापा जिल्लाका अन्तर्गतका दशगजा क्षेत्रका सीमा स्तम्भलाई व्यवस्थित गर्ने निर्णय भएको मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले बताए ।

झापाबाट सीमा स्तम्भको पनर्निर्माण गरी आगामी ८ महिनामा सकिने सहमतिसमेत भएको छ । नेपालका तर्फबाट मोरङ, सुनसरी र झापाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख तथा सशस्त्र प्रहरीका सीमा सुरक्षा कार्यालयका प्रमुखहरु सहभागी थिए ।

त्यस्तै भारतका तर्फबाट अररिया, किसानगन्ज र सुपौलका जिल्ला प्रमुख र सुरक्षा अधिकारीहरुको उपस्थिति थियो । बैठकमा दुबै देशका नापी विभागका प्रतिनिधिहरुको समेत सहभागी थियो ।

मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीका अनुसार बैठकमा सीमा सुरक्षा, सीमा अपराध नियन्त्रण र अतिक्रमण भएको दशगजा क्षेत्र खाली गराउने र जारी नाका अवरोधका विषयमा पनि छलफल भएको थियो । दशगजामा भएको अतिक्रमण हटाउने विषयमा यस अघिका बैठकमा समेत सहमति भएपनि हालसम्म कार्यान्वयन भने हुन सकेको छैन । भारतीय पक्षले बैठकमा सहमति जनाएपनि कार्यान्वयन गर्ने विषयमा विभिन्न बाहाना देखाउने गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment