Comments Add Comment

‘झोला’को पाइरेसी, विश्वास गरेकैबाट धोका पाए निर्देशकले

jhola-movie-still
चलचित्र ‘झोला’ यूटुबमा छ्याप छ्याप्ती भएपछि तनावमा रहेका निर्देशक यादब भट्टराईले पाँच करोड क्षतिपूर्ति दाबी गर्दै प्रहरीमा उजुरी दर्ता गरेका छन् ।

चलचित्रको प्राविधिक काम गरेको स्थान ‘माउन्टेन रिभर’वाट चलचित्र यूटुवमा राखिएको अनुमान प्रहरीले गरेको छ । प्रहरीले माउन्टेन रिभरमा भएका कम्प्युटर लगायत अन्य उपकरण जफत गरेर सञ्चालकको खोजीमा जुटेको छ ।

‘मैले जसलाई विश्वास गरें, उसैले धोका दियो ।’ अनलाइनखबरसँग कुरा गर्दै निर्देशक भट्टराइले भने । विदेशका केही महोत्सवमा सहभागी भएको ‘झोला’ विदेशमा विक्रीका विषयमा केही वितरकसँग उनी कुरा गर्दै थिए । त्यसो त फागुनमा काठमाडौमा चलचित्र रिजिलको योजना पनि बनाएका थिए ।

युटुवमा आएपछि ब्यापार चौपट भएको धारणा राख्ने भट्टराईले अब नेपाली हलमा प्रदर्शन गर्ने सम्भावना टरेको बताउँदै भने-‘विदेशमा पनि विक्री गर्न गार्‍हो छ ।’

विदेशका केही वितरकले चलचित्र किन्ने कुरा गरिरहँदा यूटुबमा आएपछि आफु आर्थिक मारमा परेको उनको भनाई छ ।

कृष्ण धरावासीको कथा झोलामा आधारित चलचित्र एकसय वर्ष अघिको सतीप्रथामा आधारित छ । गरिमा पन्तको मुख्य भुमिका रहेको यस चलचित्र नेपालको तर्फवाट ओस्कार अवार्डमा छनौट भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment