Comments Add Comment

राष्ट्रसंघ कार्यालय अगाडि मानव साङ्लो, पूर्वप्रधानमन्त्रीदेखि लालबाबुसम्म सहभागी (फोटो फिचर)

Human Chain at Kathmandu (12)

१४ मंसिर, काठमाडौं । मन्त्रीबाट हटेर फुर्सदिला बनेका लालबाबु पण्डित सोमबार मध्यान्ह पुल्चोकको सडकमा श्रीमतीको हात समाएर उभिएका थिए । पण्डितदम्पत्ती त्यहाँ घुम्न निस्केका भने होइनन् ।

भारतीय नाकाबन्दीको विरोधमा आयोजना गरिएको मानवसाङ्लोमा सहभागी भएका थिए उनीहरु । लालबाबुले छातीमा राष्ट्रिय स्वाधीनताको नारा लेखिएको पर्चा टाँसेका थिए भने उनकी पत्नी विमला महतले नेपालको झण्डा लिएकी थिइन् ।

राष्ट्रिय स्वाधीनता अभियानका नाममा आयोजित सिंहदरबारदेखि पुल्चोकस्थित संयुक्त राष्ट्रसंघको कार्यालयसम्म बनाइएको मानवसाङ्लोमा थुप्रै चिरपरिचित अनुहारहरु देखिए । अख्तियारका पूर्वप्रमुख सूर्यनाथ उपाध्यायदेखि गायिका कोमल ओलीसम्मले मानवसाङ्लोमा ऐक्यवद्धता जनाए ।

Human Chain at Kathmandu (15)

राजनीतिकर्मीतर्फ भने बढीजसो एमालेको सहभागीता रह्यो । एमाले पूर्वअध्यक्ष, झलनाथ खनाल, उपाध्यक्ष युवराज ज्ञवाली, सचिव योगेश भट्टराई लगायतका नेताहरु देखिए । बुद्धिजीवीहरुको उपस्थिति पनि उत्साहजनक रह्यो । दसौं हजारको संख्यामा रहेका सहभागीमध्ये धेरैजसो युवा थिए भने केही बृद्धवृद्धासमेत थिए ।

कलेज पोशाकमा आएका किशोरकिशोरीहरु पनि थुप्रै थिए । उनीहरुले ब्याकअफ इन्डिया भन्दै नाराबाजी गरे ।
प्रदर्शनकारीलाई पुल्चोकको मुख्य सडकबाट यूएन हाउस मोडिने स्थानमा सुरक्षाकर्मीले रोकेका थिए ।

पुल्चोकमा प्लेकार्ड बोकेर उभिएका सीमाविद बुद्धिनारायण श्रेष्ठले नाकाबन्दीका विषयमा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकृष्ट होस् भनेर आफूहरु उपस्थित भएको प्रतिक्रिया दिए ।

‘अन्तर्राष्ट्रिय समुदायबाट अझै पनि अपेक्षित समर्थन प्राप्त भएको छैन,’ उनले भने, ‘जनस्तरबाट पनि उनीहरुलाई झक्झक्याउने बेला भएको छ ।’

थप तस्वीरहरु हेर्नुस्

Buddhi-Narayan-Shresth

Human Chain at Kathmandu (11)Human Chain at Kathmandu (13)

Human Chain at Kathmandu (1)Human Chain at Kathmandu (17)Human Chain at Kathmandu (18)Human Chain at Kathmandu (20)Human Chain at Kathmandu (21)Human Chain at Kathmandu (22)Human Chain at Kathmandu (23)Human Chain at Kathmandu (24)

Human Chain at Kathmandu (9)Human Chain at Kathmandu (4)Human Chain at Kathmandu (6)

तस्वीर : श्रीधर पौडेल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment