Comments Add Comment

नेपालमा बढ्दो भारतविरोधी भावनाबारे भारतीय लोकसभामा प्रश्न उठ्यो

Sumitra-Mahajan

१४ मंसिर, काठमाडौं । भारतको लोकसभामा नेपालमा बढ्दो भारतविरोधी भावना बढेको विषयले प्रवेश पाएको छ । तर, सभामुख मुमित्रा महाजनले छलफल गर्न रोक लगाएकी छन् ।

भारत लोकसभाको हिउँदे सत्रको बैठक सोमबारबाट सुरु भएको थियो । बैठकमा आरजेडी सांसद राजेश राजनले मुल्यवृद्धिसँगै नेपालमा बढ्दो भारतविरोधी भावनाबारे सरकारको जवाफ मागेका थिए ।

तर, सभामुख महाजनले यो विषय कार्यसूचीमा रहिसकेको भन्दै छलफल अघि नबढाएको भारतीय अनलाइन फस्टपोष्टले जनाएको छ ।

नेपालको अन्तरिक मामिलामा हस्तक्षेप गरेको र नाकाबन्दी लगाएको भन्दै भारतको नेपालमा चर्को विरोध हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment