Comments Add Comment

नेपालगञ्जको जमुनाह नाकामा प्रहरी र धर्नाकारीबीच झडप

Bake-Jamunaha-Naka

१४ मंसिर, नेपालगञ्ज । नेपालगञ्जको जमुनाह नाकामा प्रहरी र धर्नाकारीबीच झडप भएको छ ।

सीमा नाकामा धर्नामा बसेका मधेसी मोर्चाका कार्यकर्तालाई प्रहरीले हटाउन खोजेपछि झडप सुरु भएको हो । अहिले पनि सीमा नाकामा तनाव कायमै छ ।

धर्नाकारीले भारतीय भूमितिर गएर समेत प्रहरीलाई ढुंगा हानेका छन् । ढुंगा प्रहारबाट एक प्रहरीले घाइते भएका छन् ।

प्रहरीले धर्नाकारीले नाकामा राखेको टेन्ट उठाएका छन् । आन्दोलनकारीले प्रहरीलाई लक्षित गरेर पेट्रोल बम प्रहार गरेको बाँकेका प्रमुख जिल्ला बेदप्रकाश लेखकले अनलाइनखबरलाई बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment