Comments Add Comment

सोमबारका टप १० समाचारः महन्थको मनको बहदेखि विमानस्थलको मुसाकाण्डसम्म

आज सोमबार दिनभर अनलाइनखबरमा सयौं समाचार अपटेड भए । त्यस मध्ये पाठकले सबैभन्दा धेरै रुचाएका टप १० समाचार तपाईले छुटाउनु भयो कि ?

१. महन्थ ठाकुरले बालुवाटारमा यसरी पोखे मनको बह

प्रधानमन्त्री केपी ओलीले आजै टुंगो लगाउँ भनेर शुरु गरे पनि सोमवार बालुवाटारमा भएको त्रिपक्षीय वार्ता मनको बह पोखेर टुंगियो । मनको बह पोख्नेमा सबैभन्दा अगाडि देखिए तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर ।

२. विमानस्थल पुगेका मन्त्री र सचिवलाई मुसाले यसरी गिज्यायो (भिडियोसहित)

Rat Aruning At TIA  (3)

सोमबार दिउँसो त्रिभुवन विमानस्थलमा पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेल र सचिव दिनेशकुमार थपलियाले कर्मचारीहरुलाई विमानस्थल सुधार गर्न निर्देशन दिने कार्यक्रम थियो । सचिव थपलियाले विमानस्थल निकै फोहोर भएको बताउँदै सफाइमा ध्यान दिन निर्देशन दिइरहेकै बेला सिलिङमा मुसो खुरर्र दौडियो ।

३. मधेससँग सम्झौता गर्न नसकिने भए सरकारले बल प्रयोग गरोस् – पशुपति मुरारका

प्रदेशको सीमांकनलाई लिएर मधेस आन्दोलन चर्किरहेका बेला नेपाल उद्योग वाणिज्य महासंघले संघीयता स्थगित गर्नुपर्ने एजेण्डालाई बहसमा ल्याएको छ । महासंघका अध्यक्ष पशुपति मुरारका स्वमय्ले यो बहसको अगुवाइ गरेका छन् ।

४. ड्राइभिङ लाइसेन्स लिँदै हुनुहुन्छ ? मंसिर २० पछि ‘स्मार्ट कार्ड’ बोक्नुस्

सरकारले सोमबारदेखि ड्राइभिङ लाइसेन्समा ‘स्मार्ट कार्ड’ प्रविधि कार्यान्वयनमा ल्याएको छ । यातायात व्यवस्था विभागले पहिलो ‘स्मार्ट लाइसेन्स’ सोमबार महानिर्देशक चन्द्रमान श्रेष्ठका नाममा जारी गरेको छ ।

५. बालुवाटार वार्तामा कांग्रेसको प्रस्ताव अस्वीकृत, मधेसी मोर्चाद्वारा दमनको विरोध

तराई मधेसमा आन्दोलनरत मधेसी मोर्चासहितको त्रिपक्षीय वार्ता सीमांकनमा प्रवेश नै नगरी स्थगित भएको छ । अर्को वार्ता बुधबार हुने समझदारी भएको नेताहरुले बताएका छन् ।

६. चीनले केरुङबाट तेल नदिने, सिगात्सेसम्म आउन प्रस्ताव

उत्तरी छिमेकी मुलुक चीनले नेपाललाई केरुङबाट नभई सिगात्सेबाटै इन्धन लैजान प्रस्ताव गरेको छ । भारतको अघोषित नाकाबन्दीपछि केरुङबाट अनुदानमा तेल दिएको चीनले ब्यापारिक रुपमा भने सिगात्सेबाट लैजान प्रस्ताव गरेको हो ।

७. पूर्वयुवराज पारसको टिप्पणीः किन दाउरामा खाना पकाइरहेका छौं ?

लामो समयदेखि मौन रहेका पूर्वयुवराज पारस शाह फेसबुकमा देखिएका छन् । उनले फेसबुकमा श्रृङ्खलावद्ध टिप्पणीहरु लेख्दै नेपालको वर्तमान अवस्थाप्रति आफ्नो भावना घुमाउरो रुपमा व्यक्त गरे ।

८. मोदीले नेपालसँगको सम्वन्ध बिगारेः लालुप्रसाद

भारतका पूर्वमन्त्री एवं राष्ट्रिय जनता दलका अध्यक्ष लालुप्रसाद यादवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको युगौंदेखिको सम्वन्ध विगारेको बताएका छन् । लालुले विहार विधानसभा चुनावपछि पहिलो पटक नेपालबारे धारणा सार्वजनिक गरेका हुन् ।

९. मानव साङ्लोमा पूर्वप्रधानमन्त्रीदेखि लालबाबु दम्पतीसम्म (फोटो र भिडियोसहित)

मन्त्रीबाट हटेर फुर्सदिला बनेका लालबाबु पण्डित सोमबार मध्यान्ह पुल्चोकको सडकमा श्रीमतीको हात समाएर उभिएका थिए । पण्डितदम्पत्ती त्यहाँ घुम्न निस्केका भने होइनन् ।

१०. ‘झोला’को पाइरेसी, विश्वास गरेकैबाट धोका पाए निर्देशकले

चलचित्र ‘झोला’ यूटुबमा छ्याप छ्याप्ती भएपछि तनावमा रहेका निर्देशक यादब भट्टराईले पाँच करोड क्षतिपूर्ति दाबी गर्दै प्रहरीमा उजुरी दर्ता गरेका छन् ।चलचित्रको प्राविधिक काम गरेको स्थान ‘माउन्टेन रिभर’वाट चलचित्र यूटुवमा राखिएको अनुमान प्रहरीले गरेको छ ।

र, यो पनि

४४ वर्षपछि जेलबाट निस्कँदा रनभूल्ल

४४ वर्ष लामो जेल जीवन विताएर मुक्त भएका एक कैदीले बाहिरी दुनियाँमा आएको परिवर्तन देखेर नराम्रोसित जिल खाएका छन् । एक प्रहरी अधिकृतको हत्या प्रयास गरेपछि २५ वर्षको ठिटौलो उमेरमा जेल परेका ओटिस जोन्सन ६९ वर्षको वृद्धावस्थामा हालै मुक्त भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment