Comments Add Comment

‘दिलवालेलाई टक्कर दिँदैन वाजिरावले’

dilwaleमुम्बई । शाहरुख खानको फिल्म ‘दिलवाले’ र सञ्जयलिला भन्सालिको फिल्म ‘वाजिराव मस्तानी’ को आउँदो महिना भिडन्त हुने निश्चित छ । धेरैले भनेका छन् वाजिरावले दिलवालेलाई टक्कर दिन्छ । तर, अभिनेत्री प्रियंका यो मान्न तयार छैनन् ।

उनले भनेकी छिन् ‘दुबै फिल्मको विषयबस्तु अलग छ । त्यसकारण कसैले कसैलाई टक्कर दिंदैन ।’ रोहित शेट्ठीको निर्देशनमा बनेको दिलवालेमा शाहरुख काजोलको मुख्य भूमिका रहेको छ ।

अर्को फिल्म ‘बाजिराव मस्तानी’मा रणबीर सिंह, दीपिका पादुकोण, प्रियंका चोपडा लगायतका कलाकारले मुख्य भूमिका निर्वाह गरेका छन् ।

दुबै फिल्म १८ डिसेम्बरमा रिलिज हुने भएका छन् । दुबै फिल्मको विषय फरक भएकाले दर्शकले मनोरञ्जन लिने प्रियंकाको भनाइ छ  ।

अहिले प्रियंका अमेरिकामा लोकपि्रय टिभी शो ‘क्वान्टिओ’ को सुटिङमा ब्यस्त छिन् । प्रकाश झाको निर्देशन रहेको गंगाजल-२ मा पनि उनले मुख्य भूमिका निर्वाह गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment