Comments Add Comment

सुपर ओभरमा इंग्ल्याण्ड नाटकीय जित

Eoin-Morgan-and-Jos-Buttler

१५ मंसिर, काठमाडौं । सुपर ओभरमा नाटकीय जित हात पार्दै इंग्ल्याण्डले पाकिस्तानविरुद्धको टी-२० क्रिकेट सिरिज ३-० ले हृवाइट वास गरेको छ ।

यूएईको अबुधाबीमा भएको तेस्रो तथा अन्तिम टी-२० मा दुबै टोलीले १५४ रन बनाएका थिए । सुपर ओभरमा पाकिस्तानले १ विकेट गुमाएर ३ रन मात्र बनाउन सक्यो ।

जवाफमा इंग्ल्याण्डले सुरुवाति चार बलमा मात्र २ रन बनाएको थियो । तर, पाँचौ बलमा इयान मोर्गानले २ रन जोड्दै टीमलाई नाटकीय जित दिलाए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले जेम्स भिनिसको ४६ रनको मदतमा २० ओभरमा ८ विकेट गुमाएर १५४ रन बनाएको थियो ।

जवाफमा मैदान उत्रिएको पाकिस्तानले शोएब मल्लिकको ७५ रनको मदतमा १५४ रन नै बनायो । पाकिस्तानलाई अन्तिम ओभरमा १० रन चाहिएको थियो र शोएबसँगै सोहिल तनभिर क्रिजमा थिए ।

पहिलो बलमा मल्लिकले एक रन बनाए भने दोस्रो बलमा तनभिरले छक्का हान्दै पाकिस्तानलाई जितको नजिक पुर्‍याए । तेस्रो बल डट रहृयो भने चौथो बलमा तनभिरले एक रन जोडेपछि पाकिस्तानलाई २ ललमा मात्र २ रन चाहिएको थियो ।

तर, पाँचौ बलमा शोएब आउट भए । अन्तिम बलमा तनभिरले लेग बाइबाट एक रन लिएपछि जितिसकेको खेल गुमायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment