Comments Add Comment

मेस्सी ला लिगाको उत्कृष्ट खेलाडी र फर्वाड

Messi

१५ मंसिर, काठमाडौं । बार्सिलोनाका स्टार लिओनल मेस्सी स्पेनिस ला लिगाका प्लेयर अफ दि इयर र स्ट्राइकर अफ दि इयर घोषित भएका छन् ।

मेस्सीले टीममेट लुइस स्वरेज र रियल मड्रिडका क्रिष्टियानो रोनाल्डोलाई पछि पारे । रोनाल्डोले गत सिजन ला लिगामा सर्वाधिक गोल गरेपनि मेस्सी नै उत्कृष्ट फवार्ड बनेका छन् ।

उत्कृष्ट गोलरक्षकमा बार्सिलोनाका ब्राभो र प्रशिक्षकमा बार्सिलोनाकै लइस एनरिके बनेका छन् । उत्कृष्ट डिफेण्डर रियल मड्रिडका सर्जिओ रामोस र मिडफिल्डरमा जेम्स रोडि्रग्वेज छन् ।

बार्सिलोनाका नेयमार ला लिगामा उत्कृष्ट अमेरिकन प्लेयर बनेका छन् । बार्सिलोनाले गत सिजन ला लिगाका साथै च्याम्पियन्स लिगसहित तीन उपाधि जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment