Comments Add Comment

६० वर्षमाथिका वृद्धवृद्धाले च्याउ खेती गर्नथाले

१५ मंसिर, बर्दिया । जनचेतना तथा युवाजागरण मञ्च (फाया नेपाल) नेपालले हेल्प ऐज अन्तर्राष्ट्रियको सहयोगमा ६० वर्षमाथिका बर्दिया कालिका गाविसका ज्येष्ठ नागरिकको आयआर्जनका लागि च्याउखेती कार्यक्रमको सुरुवात गरेको छ ।

moosroomआफ्नो जीवनभर विविध प्रकारका ज्ञान, सीप, अनुभव संगालेका ज्येष्ठ नागरिक उमेर र तागतले गर्न सक्ने कामका रुपमा च्याउखेती उपयुक्त हुने भएकाले सहयोग गरिएको मञ्चका कार्यक्रम अधिकृत मानबहादुर डाँगीले बताए ।

ज्येष्ठ नागरिक सञ्जाल कालिकाको अग्रसरतामा मंसिर १० र ११ गते कालिका गाविसका ४५ जना ज्येष्ठ नागरिकलाई च्याउखेती गर्ने तरिकाका बारेमा तालिम दिइएको थियो ।

उमेरअनुसार अन्य काम गरेर आयआर्जन गर्न शरीरले नसक्ने अवस्थाका ज्येष्ठ नागरिकलाई यो पेसा कम लागतमा पनि गर्न सकिने ज्येष्ठ नागरिक सञ्जाल बर्दियाका अध्यक्ष टुकराज घिमिरे बताए ।

अन्य आयआर्जनका गतिविधिभन्दा च्याउखेती गर्न सहज भएकाले ज्येष्ठ नागरिकले च्याउखेतीमा रुचि देखाएको तालिममा सहभागी ८२ वर्षीय छविलाल पौडेलले बताए ।

मञ्चले तालिममा सहभागी ज्येष्ठ नागरिकलाई दुई पोकाका दरले च्याउको बीउ पनि सहयोग गरेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment