Comments Add Comment

दुबईमा आफ्नै लगानीमा व्यवसाय चलाउने नेपालीको संख्या बढ्दो

रामप्रसाद ढुंगेल

यूएई । करिब एक दशकभन्दा बढी मोफसलमा पत्रकारिता झापाका त्रिलोचन कोइराला पनि यूएईमा व्यवसाय गर्ने तरखरमा छन् । लामो समय युएईमा रोजगारी जीवन बिताए पश्चात आफ्नै लगानी र मेहनतमा केही गरौँ भन्ने आत्मविश्वासका साथ लगानी गरेको नेपाल पत्रकार महासंघ यूएईका उपाध्यक्ष तथा झापाली समाज यूएईका सल्लाहकार समेत रहेका लगानीकर्ता कोइरालाले बताए ।
UAE
पत्रकारिता र विभिन्न सामाजिक संस्थामा आबद्ध नेपाली समुदायमा परिचित केहि युवाहरुले संयुक्त लगानीमा एसएम टेक टेक्नोलोजी ग्रुप स्थापना गरेका हुन् ।

यूएईको नेसनल दिवसको अवसर पारेर आगामी डिसेम्बर २ मा उक्त व्यावसायिक संस्था सगरमाथा सेक्युरिटी डिभाइस इक्युपमेन्ट टे्र्रडिङको ओपनिङगर्ने तयारी भइरहेको छ ।

विशेषगरी सीसीटीभी, नेटवर्क सिस्टम, क्यू म्यानेजमेन्ट, सफ्टवेयर डेभलपमेन्ट, मोबाइल एप्स, एसेस, सेन्सर डोर सिस्टम, वेभ डिजाइनिङ, मोबाइल/ल्यापटप एसेसरिज आदि क्षेत्रमा कामगर्ने उक्त ग्रुपको योजना रहेको छ ।

बरदुबईको अल्रफा प्रहरी चौकी नजिकै आइटी सेन्टरमको सप नम्बर ९५ मा उक्त व्यावसायको समुद्घाटन एक बिशेष कार्यक्रमका साथगरिने सञ्चालक कोइरालाले जानकारी दिएका छन् ।

त्रिलोचन कोइराला, दामोदर दाहाल, सुरेश पाण्डे र श्याम बस्यालको संयुक्त लगानीमा उक्तग्रुप सञ्चालनमा आएको हो ।

यूएईमा काम गर्न आएका नेपालीहरुले आफै लगानी गरी व्यापार व्यावसाय गर्ने क्रम पछिल्लो समयमा बढ्दो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment