Comments Add Comment

ठगी भएको मृतकको बिमा रकम फिर्ता

१५ मंसिर, झापा । झापाको कनकाई–६ चम्पापुरका जङ्गबहादुर राजवंशीबाट मृतकको बिमा रकममा ठगी भएको १ लाख रूपैयाँ फिर्ता गराएका छन् ।

नेपाल लाइफ इन्स्योरेन्सका अभिकर्ता राजवंशीले मृतकको बिमा रकममा ठगी गरेको थाहा भएपछि पेसागत बिमा अभिकर्ता सङ्घ झापाको पहलमा आइतबार रकम फिर्ता गराएको सङ्घ झापाका अध्यक्ष शिवबहादुर कटुवालले बताए ।

वैदेशिक रोजगारीका सिलसिलामा मृत्यु भएका कनकाई–३ का नन्दलाल घिमिरेको परिवारले प्राइम लाइफ इन्स्योरेन्सबाट म्यादी बिमाबापत पाउने पाँच लाख ५० हजारमध्ये १ लाख राजवंशी आफैँले झुक्याएर लगेको मृतकका भाइ जीवन घिमिरेले बताए ।

यसैबीच पेसागत अभिकर्ता सङ्घले राजवंशीको लाइसेन्स खारेज गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment