Comments Add Comment

सामाजिक सञ्जालबाट संगठित हुन्छन प्रवासका नेपाली

facebook-distruggere-whatsapp

रामप्रसाद ढुंगेल

यूएई । उदीपुर २ रतनगाउ लमजुङका विनोद घाम्बले रोजगारीको सिलसिलामा साउदी छिरेको पाँचवर्ष भयो । नेपाली लोगसंगीतमा रुचि भएका विनोद सामाजिक सञ्जाल हृवाट्सअपको भर्चुजल दुनियाँको लमजुङ-तनहुँ रोधीघरका संस्थापक पनि हुन् ।

सोही रोधीघरले आयोजना गरेको विश्वव्यापी खुल्ला लोकदोहोरी प्रतियोगिताका निर्णायक रहेका विनोदलाई प्रतियोगिताको चटारोले हिजो आज भ्याइनभ्याइ छ । साउदीकै एक कम्पनीमा ८ देखि आवश्यकता पर्दा १२ घन्टासम्मको नियमित डिउटी त विनोदले गरेकै हुन्छन् ।

यूएईमा रहेका प्रेम भट्राई सोही प्रतियोगिताका निर्णायकहुन् । सोही प्रतियोगितालाई मलेसियाबाट कमल निर्मोहीले निर्णायकको भूमिकानिर्वाह गरिरहेका छन् । भारतमा रहेका सागर थापाले गत साता नेपाली समय रातको करिब १० बजेदेखि आयोजना भएको खुल्ला लोकदोहोरी प्रतियोगितालाई कुशलतापूर्वक सञ्चाल नगरिरहेका छन् । कार्यक्रम सञ्चालनमा सागरलाई साउदीकै विनोदले साथ दिइरहेका छन् ।

प्रतिस्पर्धामा कतारबाट सहभागी भएका छन् सुनसरीका अर्जुन दाहाल । इलामकी तारा खनालले स्थापना गरेको हाम्रो रमाइलो रोधीघर, युएईबाट कतारका अर्जुन दाहालसँगै सहभागी भएकी थिइन् बुटवलकी यमुनाकुँवर । पहिलो, दोस्रो र तेस्रो चरण पार गरेर अर्जुन चौथो चरणमा पुगिसकेका छन् । लोकदोहोरीका धेरै भाकाहरु कुशलतापूर्वक गाउने क्षमता भएका अर्जुनले नेपालमै रहँदा विभिन्न लोकदोहोरीमा भाग लिइसकेका छन् । सोही प्रतियोगितामा अर्जुनसँगै गएकी हाम्रो रोधीघरकी यमुना कुँवर भने दोस्रो चरणबाट बाहिरिएकी छिन् ।

प्रतियोगितामा कतार, मलेसिया, नेपाल, साउदी, यूएईका करिब २३ वटा टोलीबाट करिब ४६ जना लोक पारखी कलाकारहरु सहभागी भएका थिए । चौथो चरणसम्म आउँदा आठ वटा लोकदोहोरी समूहमात्र छनौटमा परेका छन् । पाँचौं र छैटौं चरणसम्म आइपुग्दा सीमित समूहका सीमित कलाकारहरु फाइनल चरणमा पुगेर आयोजकले तोकेको आर्थिक पुरस्कारको भागिदार बन्नेछन् ।

सामाजिक सञ्जाल हृवाटसअपको ग्रुपले यसरी जोडेको छ विभिन्न देशमा रहेका लोकसंगीतका पारखीहरुलाई । फेसबुक, हृवाट्सअस, स्काइपलगायतका सामाजिक सञ्जालहरुमा यस्ता ग्रुपहरु अनगिन्ती छन् । लोकदोहोरीको क्षेत्रदेखि पत्रकारहरु, सामाजिक संस्थाका प्रमुखहरु तथा आफ्ना सर्कलका मित्रहरुका आआफ्नै गु्रप च्याटहरु भर्चुअल संसारमा क्रियाशील छन् । एनआरएन लगायत विभिन्न सामाजिक, जातीय, क्षेत्रीय, जिल्लास्तरीय संस्थाहरुका फेसबुक तथा हृवाट्सअपमा आआफ्नै च्याटिङ गु्रपहरु छन् । अघिंकांशले आआफ्ना संस्थाका गतिविधि बारे सोही ग्रुपमा छलफल गर्छन् । बैठकका एजेन्डाहरु तय गर्छन् अनि निष्कर्षमा पनि पुग्छन् ।

राष्ट्रिय कार्की महासंघका साउदी, मलेसिया र यूएईका कार्यसमितिहरु साइबर मिटिङहरुबाटै गठन भएको जानकारी महासंघका प्रवक्ता रुद्र कार्की प्रज्ज्वलले जानकारी दिए । एनआरएनको केन्द्रदेखि प्राय हरेक देशका एनसीसी मात्र होइन, यूएईकै हरेक इमिरेटमा रहेका क्षेत्रीय समितिहरुले पनि सामाजिक सञ्जालमा छलफल गर्छन् ।

भर्खरै यूएईमा स्थापित झापाली समाज, यूएईको पृष्ठभूमि पनि फेसबुकको सामाजिक सञ्जाल रहेको समाजका कोषाध्यक्ष टेकनाथ अघिकारी बताउँछन् । समाजको फेसबुक र हृवाट्सअपमा दुई वटा ग्रुपच्याटहरु क्रियाशील छन् । सोही च्याटग्रुपबाटै समाजका धेरै कामहरु सम्पन्न भइरहेको समाजका सदस्य दुर्गेस सापकोटाले जानकारी दिएका छन् ।

परदेशको व्यस्तता र महँगो फोन कलको विकल्पको रुपमा सामाजिक सञ्जालका च्याटिङ अप्सन र ग्रुपच्याटहरुले धेरैलाई सहज पारिदिएको छ । यस्ता गु्रपच्याटहरुको लोकपि्रयता दिनानुदिन बढिरहेको छ । देशदेखि विदेशसम्मै यसको सञ्जाल फैलिरहेको छ । यसले धेरै अपरिचितहरुलाई जोडिरहेको छ । यसका विकृतिहरु पनि उत्तिकै छन् । अश्लील संवादवा भिडियोहरु पनिभाइरल हुन केही समय लाग्दैन ।

सही सदुपयोग गर्ने हो भने सामाजिक सञ्जालका ग्रुपच्याट मनोरन्जन दिने भरपर्दो माध्यम हुने सुरिलो लोकदोहोरी समूहका एडमिन किसन खनाल बताउँछन् । यूएईमाकुन संस्थाले केकस्ता कार्यक्रमहरु आयोजना गरिरहेका छन् भन्ने जानकारी दिने हृवाट्स ग्रुप सञ्चाल नगरिरहेका नेपाल पत्रकार महासंघका केन्द्रीय प्रतिनिधि भुपराज बस्याल सूचना आदानप्रदान गर्न पनि यस्ता ग्रुपहरु उपयोगी हुने बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment