Comments Add Comment

एकअर्काको बच्चालाई दुध चुसाउने यी महिलाको अनौठो दोस्ती

breast-swap

स्टेफनी टाटाबिट्टो र क्रिस्टल क्लेइन पाँच वर्ष पहिले फेसबुकमा साथी बनेका थिए । भर्चुअल दुनियाको यो मित्रता विस्तारै गहिरो सम्बन्धमा बदलियो । करीब दुइ वर्ष पहिले दुबैले बिहे गरे । दुबैका बच्चा पनि भए । दुबै साथीका बच्चा भएपछि आ आफ्ना बच्चाको हेरचाहका लागि समस्या भयो किनकी दुवै जनाको नाइट सिफ्टको जागिर थियो महिनामा एक हप्ता । त्यसपछि उनीहरुले एक अर्काको बच्चाको हेरचाह तथा पालनपोषण गर्ने फैसला गरे ।

क्रिस्टलको जागिर जब नाइट सिफ्टमा हुन्छ तब स्टेफनीले उनकी छोरीलाई आफ्नो दुध चुसाउँछिन् । अनि जब स्टेफनी नाइट सिफ्टमा जागिरमा जान्छिन् तब क्रिस्टलले उनकी छोरीलाई पनि आफ्नी छोरीलाई जस्तै आफ्नो दुध चुसाउँछिन् ।

अहिले क्रिस्टलकी छोरीको उमेर १९ महिना तथा स्टेफनीकी छोरीको उमेर दुइ वर्ष भएको छ । स्टेफनी अहिले पनि हप्तामा कम्तिमा ६ दिन क्रिस्टलकी छोरीलाई दुध चुसाउँछिन् ।

बच्चालाई स्तनपान गराउनु प्राकृतिक कुरा रहेको र आफुले गरिरहेको काम दुवै जनाको परिवारको लागि निकै राम्रो कुरा भएको भन्दै क्रिस्टलले आफुले अरु महिलाले के भन्लान् भन्ने कुराको वास्ता नगर्ने बताइन् । एक अर्काको बच्चालाई दुध चुसाउने यो कार्यले आपसी सम्बन्ध मजबुत भएका उनको भनाइ छ ।

स्टेफनीको बच्चालाई दुध चुसाउने आफ्नो निर्णयमा श्रीमानले कुनै बाधा विरोध नगरेको क्रिस्टल बताउँछिन् । स्टेफनीले त अहिले चुरोट तथा रक्सी खान पनि छाडिदिएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment