Comments Add Comment

कपिलवस्तु जीप दुर्घटना, सात घाइते

१५ मंसिर, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका खैरीमा जीप दुर्घटना हुँदा सात जना घाइते भएका छन । प्युठानवाट आर्घाखाचीको सुपा देउराली दर्शनको लागि जादै गरेको लु १ ज २६५४ नम्बरको जीप दुर्घटनामा परेको हो ।

प्युठान डुङगेगढी २ घर भएका सबै घाइते भएका हुन । जीप दुर्घाटना हुदाँ सुमित्रा वि.क, टुकिसरा वि.क, वाविता बराल, डुमिसरा वि.क, एनुका वि.क, तुलसा वि.क, प्रवित्रा सुनार घाइते भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

घाइते सबैको टाउको, खुट्टा हातमा चोट लागेको छ । घाइतेहरुको कपिलवस्तु चन्द्रौटामा रहेका विभिन्न अस्पातालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
सनिउल्ला धोबीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment