Comments Add Comment

नाकाबन्दीका विषयमा सरकारको धारणा सार्वजनिक हुनुपर्यो

NRN-Thailend

बैंकक । थाइल्याण्डको बैंककका रहेका गैरआवासीय नेपालीहरुले भारतीय नाकाबन्दीका विषयमा सरकारले चाँडो आफ्नो आधिकारिक धारणा बाहिर ल्याउनुपर्नेमा बताएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएन) थाइल्याण्डले बैंककमा आयोजना गरेको कार्यक्रममा सहभागीले सरकारले चाँडो नाकाबन्दीको विषयमा धारणा सार्वजनिक गरी समस्या समाधान गर्नुपर्ने निष्कर्ष निकालेका हुन् ।

कार्यक्रममा सहभागीले नाकाबन्दीबारे सरकारको प्रष्ट धारणा नआउँदा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण हुन नसकेको र समस्या झनझन लम्बिएको बताएका छन् ।

‘नेपालको नयाँ संविधान जारी भएपछिको अवस्था : एउटा अन्तर्राष्ट्रिय दृष्टिकोण’ विषयक कार्यक्रममा युनिभर्सिटी अफ लिड्सका अन्तर्राष्ट्रिय कानून विषयका प्राध्यापक सूर्य सुवेदीले भारतले नेपालको आन्तरिक मामलामा हस्तक्षेप गर्दै लगाएको आर्थिक नाकाबन्दी अन्तर्राष्ट्रिय कानूनविरुद्ध रहेको टिप्पणी बताए ।

सुवेदीले भने-‘सरकारले कुनै ढिलाइ नगरि आफ्नो आधिकारिक धारणा अघि सार्नुपर्छ । नेपालले अन्तर्राष्ट्रिय समुदायलाई आश्वस्त नबनाएसम्म उनीहरुले समस्या समाधानमा सहयोग गर्न सक्दैनन् ।’

अर्का वक्ता थमासात युनिभर्सिटीका संवैधानिक कानूनका प्राध्यापक हेन्निग ग्लासियरले नेपालको संविधान फरक राजनीतिक विचारधारा बोकेका समुहहरुबीचको सम्झौताको दस्तावेज भएको भन्दै नयाँ संविधानमा सबैले चाहेका सतप्रतिशत कुराहरु पूरा हुन नसक्ने बताए ।

कार्यक्रममा थाइल्याण्डका लागि नेपाली नेपाली राजदूतले नेपाल सरकार समस्या समाधानका लागि प्रयासरत रहेको बताए । भारत र आन्दोलनरत समुह दुवैसित सरकार संवादमा रहेको भन्दै उनले भारतले नेपालमा नाकाबन्दी नगरेको भनेर विश्व समुदायलाई ढाँटिरहेको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment