Comments Add Comment

सप्तरीमा सवारी दुर्घटना, १२ घाइते

१५ मंसिर, सप्तरी । प्रहरीले सुरक्षा दिएर गन्तव्य पठाउँदै गरेको बस सप्तरीमा दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।

सप्तरीको भारदहमा काठमाडौंबाट पूर्वतर्फ जाँदै गरेको ना ५ ख ४०४० नम्बरको ग्यालेक्सी बसलाई पोखराबाट धरानतर्फ जाँदै गरेको ना ५ ख १६७७ नम्बरको बसले पछाडिबाट ठक्कर दिएको थियो । दुर्घटनामा पोखराबाट धरान जाँदै गरेको बसका यात्रु घाइते भएका हुन् ।

उनीहरुको उपचारका लागि विराटनगर र धरानका अस्पताल पुर्‍याइएको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ ।

दुर्घटनापछि ठक्कर दिने बसको अगाडिको भाग पूर्ण रुपले क्षतिग्रस्त भएको सशस्त्र प्रहरी बल दन्तकाली गण बरमझियामा राखिएको छ भने अगाडि रहेको बस गन्तव्यतर्फ लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment