Comments Add Comment

ट्याक्सीमा डबल भाडा तिरेर फिल्म प्रचार गर्दै पूजना

Pujana Pradhan (2)
मंसिर १८ मा आफैंले बनाएको चलचित्र ‘चकलेट’ रिलिजको तयारीमा रहेकी नायिका पूजना प्रधानको चटारो असाध्यै धेरै छ । चलचित्रको पोष्टर पम्पलेट बनाउनेदेखि विभिन्न च्यानल धाउने काममा समेत उनी आफैं जुट्ने गरेकी छिन् ।

‘चलचित्र रिलिज गर्ने भएपछि दौडधुप राम्रै गर्नुपर्छ । ट्याक्सिलाई डबल भाडा तिरेर हिड्ने गरेकी छु ।’ अनलाइनखबरसँग कुरा गर्दै पूजनाले भनिन् । पूरानो बानेश्वरवाट न्युरोड जाँदा ट्याक्सिमा एक हजार भाडा तिरेको बताउने पूजनाले तेल भएको बेला आफ्नै स्कुटीमा हिंड्ने गरेकी छिन् ।

चलचित्रको प्रचार प्रसारमा जुट्न परेकै कारण तेलको लाईन बस्ने समय छैन उनीसँग । ‘कहिले साथीहरुसँग तेल मागेर स्कुटीमा हिंड्छु, अरु वेला ट्याक्सी नै चढ्छु । महंगो पैसा तिरेर ट्याक्सी चढ्नु मेरो वाध्यता हो ।’ उनको भनाई थियो ।

अहिलेसम्म साथीहरुवाट ५० लिटर पेट्रोल सापटी लिएकी रहिछन् उनले । घरमा भएको ग्याँस केही बाँकी रहेको र इन्डक्सन चुल्हो पनि भएकाले खाना मिलाएर पकाएकी रहिछन् । ‘लाईन आउँदा बिजुली नआउँदा त ग्यासको विकल्प छैन ।’ उनले भनिन् ।

आश्रममा दाउरा
उनले १८ जना अनाथ वालवालिकालाई आश्रय दिएकी छिन् । ललितपुरको लामाटार र बुटवलमा उनको आश्रम छ । केही दिनयता आश्रममा दाउराले खाना पकाउने गरेकी छिन् उनले । ‘आश्रममा दाउरा बाल्ने ठाउँ भएकाले दाउराको प्रयोग गरेका छौं तर, हामी बसेको घरमा दाउरा बाल्ने ठाउँ नै छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment