Comments Add Comment

‘कैफियत’मा बेजोड एक्सन, नन्दिताको भूमिका भने यस्तो

Nandita kc (8)
माघ १५ गतेलाई प्रदर्शन मिति तय गर्दै चलचित्र ‘कैफियत’को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै यसको निर्माणपक्षले आफू पनि सशक्त बिषयका साथ प्रतिस्पर्धामा उत्रिएको छनक देखायो । यही मितिमा चलचित्र ‘पशुपति प्रसाद’ पनि प्रदर्शनमा आउँदैछ ।

चलचित्रको बिषय र प्रस्तुतीलाई लिएर नव-निर्देशक दशरथ गिरी आत्मविश्वासी देखिए । उनले चलचित्र भित्र दर्शकलाई चाहिने सबै बिषय समावेश गरेको बताए । सार्वजनिक ट्रेलरमा एक्सनलाई प्राथमिकता दिइएको छ ।

ओम दक्षिणकाली फिल्मस् प्रालीको ब्यानरमा बनेको यो चलचित्रलाई चिन्तामणी बरालले प्रस्तुत गरेका हुन् । चलचित्रमा नन्दिता केसीको साथमा नविन श्रेष्ठ, सीपी पौडेल, शंकर शाही ठकुरी, किसान सुनवार, साजन थापाको मुख्य भूमिका छ ।

अर्जुन पोख्रेलको संगीत रहेको यो चलचित्रमा माधव शर्माको संवाद र कथा छ । चलचित्रलाई धना देवकोटाले निर्माण गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment