Comments Add Comment

कांग्रेसलाई जेपी-शरद सिंह गठबन्धनको ९ बुँदे ज्ञापन

१५ मंसिर, काठमाडौं । संघीय समावेशी मधेसी गठबन्धनले संसदमा दर्ता गरिएको संविधान संशोधन विधेयक अपूर्ण रहेको भन्दै प्याकेजमा समस्याको समाधान खोज्नका लागि पहल गर्न प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग आग्रह गरेको छ ।

Sushil-Sharadsingचार दलीय गठबन्धनका नेताले मंगलबार विहान नेपाली कांग्रेसका सभापति सुशील कोइरालालाई उनकै निवासमा भेटेर विधेयकमा छलफलका लागि अड्डी लिनुभन्दा प्याकेजमा समस्या समाधानका लागि पहलकदमी लिन आग्रह गरेका हुन् ।

कांग्रेसको भोट बैंक मधेस भएकाले मधेसका समस्या सम्बोधनका लागि कांग्रेसले नै अग्रसरता लिनुपर्ने र मधेस आन्दोलनबारे प्रमुख तीन दलले समान धारणा बनाउनुपर्ने सुझाव आफूहरुले दिएको गठबन्धनका नेता जयप्रकाशप्रसाद गुप्ताले जानकारी दिए ।

कांग्रेस सभापति कोइरालालाई बुझाइएको ९ बुँदे माग पत्रमा तराई-मधेसमा दुई प्रदेश हुनुपर्ने, समानुपातिक/समावेशी प्रतिनिधित्व, निर्वाचन क्षेत्र निर्धारण, प्रदेशको सीमांकन हेरफेरको विषयमा एकैपटक समाधान खोजिनु बुद्धिमानी हुने उल्लेख छ । कांग्रेस नेतृत्वको अघिल्लो सरकारले तयार पारेको विधेयक पारित गरेको भरमा मधेस आन्दोलन नरोकिने स्पष्ट पारिएको छ ।

गठबन्धनका नेताहरुले मधेसवादी दल, थारु समुदाय र आदिवासी जनजातिका मागलाई एकै ठाउँमा राखी गम्भिररुपमा अध्ययन गरेर मात्र वार्तामा बस्न पनि सुझाव दिएका छन् ।

गठबन्धनले एमाओवादी अध्यक्ष प्रचण्डलाई पनि ज्ञापनपत्र बुझाउँदैछ । गठबन्धनले सोमबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि ९ बुँदे माग पत्र बुझाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment