Comments Add Comment

आइएनजीओबाट डलर ल्याएर समावेशीको नारा लगाउनुको अर्थ छैनः सञ्चारमन्त्री राई

sherdhan Rai
१५ मंसिर, काठमाडौं । सूचना तथा सञ्चारमन्त्री शेरधर राईले आइएनजिओबाट डलर ल्याएर समावेशी प्रतिनिधित्वका लागि नारा लगाउनुको अर्थ नरहेको बताएका छन् ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले मंगलबार काठमाडौमा गरेको समावेशी संचार नीतिको तर्जुमा विषयक कार्यशालामा मन्त्री राईले संविधानले सबै जातजाति, वर्ग र समुदायको हक अधिकार सुनिश्चित गरेकाले अब कसैले पनि समानुपातिक र समावेशी प्रतिनिधित्वका लागि धर्ना जुलुस गर्न नपर्ने बताए ।

सूचना तथा संचार प्रविधिमन्त्री राईले अब संविधानले व्यवस्था गरे अनुसार कानूनहरु निर्माण हुने र कानून अनुसार राज्यका सबै निकायमा सबै जातजाति र समुदायको समानुपातिक प्रतिनिधित्व हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment