Comments Add Comment

‘क्लासिक’को ‘हारें हारें’ गीत बाहिरियो, आर्यन र नम्रताको लुक्स पनि यस्तो

namrata-shrestha
चलचित्र ‘क्लासिक’को ‘हारें हारें’ बोलको गीतको अडियो बाहिरिएको छ । यूवराज चौलागाँइको स्वर, ताराप्रकाश लिम्बुको संगीत र दिनेश राउतको शब्द रहेको गीतको अडियो सार्वजनिक गरिएको हो ।
सुवास गिरी इन्टरटेन्मेन्ट र आर्यन सिग्देल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रको केही दिन अगाडि फस्ट लुक्स बाहिरिएको थियो ।

चलचित्र ‘नोभेम्बर रेन’मा समावेश ‘तिमीलाई म के भनु’ बोलको गीतले चर्चा पाएको थियो । सोही चलचित्रको टिमले ‘क्लासिक’लाई निर्माण गरेको हो ।

वियोगान्त शैलीको यो गीतको शब्द, संगीत र गायकीले मन छुने विश्वास संगीतकार ताराप्रकाश लिम्बुको छ । निर्माता सुवास गिरीले भने-‘दर्शकले ‘नोभेम्बर रेन’को गीतलाई खुबै मन पराउनु भएको थियो । ‘क्लासिक’को गीतलाई अझ वेजोड बनाउने  प्रयास गरेका छौ ।’ चलचित्रमा रोमान्टिक, वियोगान्त गीत समावेश छ । यसको निर्माणपक्षले चलचित्र बोल्ने गीतको रुपमा ‘हारें हारें’ लाई सार्वजनिक गरेको हो ।aaryan-sigdel

गीतसँगै चलचित्रका मुख्य २ पात्र आर्यन सिग्देल र नम्रता श्रेष्ठको लुक्स पनि बाहिरिएको छ । नम्रता र आर्यनको लुक्सले नै उनीहरुको वेजोड अभिनयलाई प्रतिबिम्बित गरेको छ । माघ २९ गतेबाट प्रदर्शनमा आउने यो चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन् ।

गीत जस्तै भिडियो पनि उत्कृष्ट बनेको कोरियोग्राफर रेनशा वान्तवा राइको भनाई छ । चलचित्रको सार्वजनिक अडियो गीत यस्तो छः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment