Comments Add Comment

पेट्रोल कालोबजारी गर्ने भारतीय नागरिक काठमाडौंबाट पक्राउ

१५ मंसिर, काठमाडौं । बढी मूल्यमा पेट्रोलियम पदार्थ विक्री गर्ने एक भारतीय नागरिकलाई काठमाडौं प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-१४ बल्खुस्थित ओम नमशिवाय वर्कशपका संचालक भारत रक्सौल घर भएका २२ वर्षीय बालेश्वर शाहलाई प्रहरीले पक्रेको हो । उनको वर्कशपबाट ३ सय ४० लिटर डिजेल बरामद भएको छ ।

Nepal Policeसाहले प्रतिलिटर २३० रुपैयाँमा डिजेल बिक्री वितरण गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले उक्त डिजेलसहित साहलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यसैगरी किर्तिपुर नगरपालिका-३ स्थित कीर्तिपुर मोटर ड्राइभिङ सेन्टरबाट बढी मूल्यमा पेट्रोल बिक्री गरिरहेका झापा बाहुनडाँगी-८ घर भएका २२ वर्षीय मनोज गुरागाईंलाई प्रहरीले सोमबार ३ सय ५ लिटर पेट्रोलसहित पक्राउ गरेको थियो ।

बर्दियामा बेवारिसे डिजेल बरामद

यसैबीच इलाका प्रहरी कार्यालय मैनापोखर बर्दियाबाट गस्तीमा खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा डिजेल र रासायनिक मल बरामद गरेकेा छ । कालिका-६ शितला बजारस्थित राजमार्गबाट सोमबार राति १ सय १३ लिटर र जमुनी-१ बाट १ सय ५० लिटर डिजेल प्रहरीले बेवारिसे अवस्थामा फेला पारेको हो ।

यसैगरी प्रहरी टोलीले मंगलबार जमुनी-२ फुटाहा गाउँबाट भन्सार छली ल्याउदै गरेको १६ बोरा रासायनिक मल समेत बरामद गरेको छ । भारतबाट साईकलमा मल ल्याउँदै गरेका व्यक्तिहरुले गस्तीमा खटिएको प्रहरी टोलीलाई टाढैबाट देख्नासाथ उक्त मल छाडेर भागेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment