Comments Add Comment

भारतीय हस्तक्षेपविरुद्ध संसदमा नाराबाजी (भिडियोसहित)

Anuradha-and-Prem-Suwal

१५ मंसिर, काठमाडौ । भारतले नेपालको अन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै नेपालको संसदमा नाराबाजी भएको छ ।

संसदको मंगलबारको बैठक सुरु हुनासाथ तराई मधेसमा आन्दोलनरत मधेसी मोर्चाका सांसदहरुले रोष्टम घेराउ गर्दै नाराबाजी गरेका छन् । मोर्चालाई केही साना दलले पनि साथ दिएका छन् ।

मधेसी मोर्चाका सांसदहरुले रोष्टम घेराउ गरिरहँदा नेपाल मजदुर किसान पार्टीका सांसदले भने आफ्नो स्थानमा उभिएर भारतीय हस्तक्षेपविरुद्ध नाराबाजी सुरु गरेका छन् ।

प्रेम सुवाल र अनुराधा थापाले नाराबाजी गरेका हुन् । उनीहरुले सुनसरी घटनाका दोषीलाई कारबाही गर्न, भारतीय राजदूतलाई फिर्ता गर्न माग गरेका छन् ।

भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment