Comments Add Comment

लालु यादवलाई भूमिकाको जवाफः चारो घोटालाको छानविन गरौं

Lalu-Yadav

१५ मंसिर, काठमाडौं । बिहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवले नेपालका मधेसीमाथि भेदभाव रहेको भन्दै ट्वीट गर्दा नेपालीहरुको कडा जवाफ भेटेका छन् ।

मोदीले नेपालसित सम्वन्ध बिगारे भन्दै ट्वीट गरेको एक घन्टापछि यादवले मधेसीमाथि नेपालमा भेदभाव भएको अर्को ट्वीट गरेका थिए ।

‘नेपालका मधेसीहरुका विरुद्ध भएको भेदभाव र सीमान्तीकरणका विषयमा भारत सरकारले तत्काल कदम चाल्नुपर्छ,’ उनले लेखेका छन् ।

सयौंको संख्यामा नेपालीहरुले उनको उक्त आरोपमाथि जवाफ फर्काएका छन् । भूमिका अदितीले लेखेकी छिन्, ‘यदि भारत नेपालको आन्तरिक मामलामा यति धेरै रुची राख्छ भने म चारो घोटालाको विषयमा अनुसन्धान गर्न नेपालसित माग गर्छु ।’ यो जवाफपछि केही भारतीयहरु उनीमाथि जाइलागेका छन् ।

दिनेश भुसालले नेपालको संविधान पढेर मात्रै टिप्पणी गर्न लालुलाई आग्रह गरेका छन् । त्यस्तै गुरुराजले लेखेका छन्, ‘तिमी आफ्नो बिहारको ख्याल गर, जहाँ दिनदहाडै महिलाहरुमाथि सामुहिक बलात्कार भइरहेको छ ।’ शिव क्षेत्रीले लेखेका छन्, ‘यदि त्यति धेरै माया छ भने मधेसीहरुलाई विहारमै लगेर राख ।’

यसअघि लेखेको ट्वीटमा लालुले नेपालसित युगौंको सम्वन्ध बिगारेको भन्दै प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना गरेका थिए ।

के हो चारो घोटाला ?

चारो घोटाला बिहारमा भएको सबैभन्दा ठूलो भ्रष्टाचारकाण्ड हो जसमा पशुहरुलाई खुवाइने अन्नको नाममा ९ अर्ब ५० करोड रुपैयाँ भ्रष्टाचार भएको थियो । १९९६ मा भएको यस घोटाला काण्डमा बिहारका तत्कालीन मुख्यमन्त्री लालुकै संलग्नता पाइएपछि उनले पदबाट राजीनामा दिन बाध्य भए ।

तर, राजनीतिक दाउपेचमा माहिर लालुले आफ्नो स्थानमा अनपढ श्रीमती रावडीदेवीलाई मुख्यमन्त्रीको कुर्सीमा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment