Comments Add Comment

सरकारलाई दबाव दिन कांग्रेसले भोलि काठमाडौंमा प्रदर्शन गर्ने

Nepali-Congress

१५ मंसिर, काठमाडौं । बढ्दो कालोबजारी नियन्त्रण र मधेस आन्दोलन समाधानका लागि सरकारलाई दबाव दिन नेपाली कांग्रेस काठमाडौंले भोलि राजधानीमा बृहद दबाव र्‍याली गर्ने भएको छ ।

मधेस समस्या तत्काल संबाद मार्फत हल गर्न र कालोबजारीलाई तत्काल नियन्त्रण गर्न दबाव दिन प्रदर्शन गर्न लागिएको काठमाडौं कांग्रेस सभापति सांसद भीमसेन दास प्रधानले जानकारी दिए । ‘अधिकार, न्याय र शान्तिको लागि दबाव’ नाम दिईरहेको र्‍याली दिउँसो १ बजे शान्तिबाटिकाबाट सुरु हुनेछ ।

मधेस आन्दोलनलाई समर्थन गर्दै नेपालमा अघोषित नाकाबन्दी गरेको भारत र समस्या समाधानमा गम्भीर नदेखिएको सरकारको ध्यान आर्कषित गर्न र्‍याली गर्न लागिएको प्रधानले बताए । उनले कांग्रेसको सरकारले दर्ता गरेको संविधान संशोधन प्रस्ताव अगाडि बढाउन आग्रह गरे ।

पत्रकार सम्मेलनमा काठमाडौंका सांसद तथा केन्द्रीय सदस्यहरु गगन थापा, ध्यान गोविन्द रञ्जित, दिपक कुईकेल र तिर्थराम डंगोल लगायतकाले मधेसको समस्या समाधानमा सरकार उदासिन भएको बताए ।

कांग्रेस सांसदहरुले तत्काल अघिल्लो सरकारले दर्ता गरेको संविधान संशोधनलाई अगाडि बढाए मधेसको आधारभूत मागहरु पुरा हुने दाबी गरे । उनीहरुले भूकम्पबाट ध्वस्त संरचनाको नवनिर्माणका लागि पुनर्निर्माण प्राधिकरण विधेयकलाई अगाडि बढाउन माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment