Comments Add Comment

नवलपरासीका बजार खुले, यातायात बन्द कायमै

१५ मंसिर, नवलपरासी । झण्डै साढे तीन महिनादेखि आन्दोलनरत मधेसी मोर्चाले मंगलबारदेखि नवलपरासीका मुख्य-मुख्य बजार खोल्न दिएको छ । सदरमुकाम परासीसहित त्रिवेणी, गोपीगञ्ज, महेशपुरलगायतका बजार खोल्न दिइएको हो ।

Parasi
फाइल तस्वीर

मंगलबार विहान १० बजेदेखि साँझ ४ बजेसम्मलाई बजार खोल्न दिइएको संयुक्त मधेसी थरुहट मोर्चा नवलपरासीका संयोजक मुकुल गिरीले बताए ।

मोर्चाले बन्दलाई केही खुकुलो बनाएर बजार खोल्न दिएपछि स्थानीयले केही राहत महसुस गरेका छन् । तर, यातायत बन्द नै रहेकाले कष्ट भने कायमै छ ।

यसअघि गत शुक्रबारदेखि मधेसी मोर्चाले विहान १० बजेदेखि साँझ ४ बजेसम्म विद्यालय र विद्यालयका बस सञ्चालन गर्न दिएको थियो ।

प्रेसर कुकर बम निष्कृय

यसैबीच नवलपरासीको रामग्राम नगरपालिका-११ जमुवाडस्थित हुलास अटोग्राफको कम्पाउण्ड भित्र अज्ञात समूहले राखेको प्रेसर कुकर बमलाई नेपाली सेनाले निष्कृय पारेको छ ।

गएराति ११ बजे नेपाली सेनाले बम निष्कृय पारेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जानकारी दिएको छ ।

बम राखिएको स्थानमा तराई मधेसी मुक्ति मोर्चा ज्वाला सिंहको पर्चा समेत भेटिएको छ । बम राख्ने समूहको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका डिएसपी अजुन रानाभाटले बताए ।

नवलपरासी सदरमुकाम असपासका दक्षिणी क्षेत्रमा पछिल्लो समयमा भुमिगत समूहहरु सकि्रय भएका छन् । उनीहरुले विभिन्न स्थानमा बम राखेर जनजीवन त्रसित बनाउन खोजेको प्रहरीको भनाई छ ।

– रामकुमार श्रेष्ठबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment