Comments Add Comment

जगदम्बाको विज्ञापनमा ‘एकता र समृद्धि’को सन्देश

Jagadamba Add 2

१५ मंसिर, काठमाडौं । व्यवसायिक घराना शंकर ग्रुपअन्र्तगतको जगदम्बा स्टिल्सले ‘एकता र समृद्धि’को सन्देश प्रवाह गर्ने विज्ञापन प्रशारण सुरु गरेको छ । कम्पनीले सामाजिक उत्तरदायित्व स्वरुप सबै नेपालीबीच भाइचारको सम्बन्ध विस्तार गर्न यस्तो विज्ञापन प्रशारण गरेको हो ।

वेलकम एडभरटाइजिङ एण्ड मार्केटिङले निर्माण गरेको विज्ञापन १ मिनेट लामो छ। विज्ञापनले मूलतः हामी सबैजना एक भएमा सबै कुरा सम्भव छ, एकतामै सबै शक्ति लुकेको हुन्छ, जातिय सद्भाव एवं धार्मिक सहिष्णुताले नै देश विकास हुने लगायतको सन्देशहरु बोकेको छ ।

Jagadamba Add

‘एकता र समृद्धि’को मुल सन्देशले राष्ट्रिय एकता र विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने कुरामा कम्पनी आशावादी छ । छोटो समयमै सान्दर्भिक एवं सुन्दर तवरले निर्माण गरिएको उक्त संदेश मूलक विज्ञ्ाापन कम्पनीको आधिकारीक फेसबुक पेजमा पनि हेर्न सकिने कुरा कम्पनीले जानकारी गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment