Comments Add Comment

हारहाङ समूहलाई तह लगाउने डिएसपी कोइराला पूर्वाञ्चलकै उत्कृष्ट प्रहरी

रविन भट्टराई

१५ मंसिर, ताप्लेजुङ । ताप्लेजुङका प्रहरी प्रमुख शान्तिराज कोईराला पूर्व क्षेत्रकै उत्कृष्ट प्रहरी घोषित भएका छन् । पूर्वक्षेत्रीय प्रहरी कार्यालय बिराटनगरले घोषणा गर्ने महिनाको उत्कृष्ट प्रहरीमा कोइराला परेका हुन् ।

Shantiraj-Koiralaपूर्वका विभिन्न जिल्लामा आतंक मचाउँदै आएको भूमिगत सशस्त्र देउमान लिम्बु (हाराहाङ) समूहको गतिविधि निस्तेज पार्न पछिल्लो समय कोइराला सक्रिय थिए ।

अपराध नियन्त्रण, अनुसन्धान तथा शान्ति सुब्यवस्था कायम गर्ने सिलसिलामा जिल्लामा कृयाशिल अपराधिक समुहको गतिविधी निश्तेज पार्न उल्लेखनीय भूमिका निर्वाह गरेकाले कोईरालाको कार्य सम्पादनको मूल्याङ्कन स्वरुप उत्कृष्ट प्रहरीको रुपमा चयन गरिएको पूर्वक्षेत्र प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

कोइराला प्रहरी प्रमुख भएर ताप्लेजुङ आएसँगै जिल्लाको शान्ति सुरक्षामा परिवर्तन आएको छ भने फरार अभियुक्तहरु पनि धमाधम पक्राउ परिरहेका छन् ।

यो पनि पढ्नुस्

नेपाली युवतीका साथमा यत्रो हतियार !

ताप्लेजुङमा अपराधिक समूहबाट बरामद सामाग्री सार्वजनिक

हाराहाङ समूहकी एक महिला धरानबाट पक्राउ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment