Comments Add Comment

आहा रारा गोल्ड कप माघमा

१५ मंसिर, काठमाडौं । १४ औँ आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता आगामी माघमा हुने भएको छ । सहारा क्लब पोखराको आयोजनामा पोखराको रंगशालामा हुने प्रतियोगिता माघ ५–१६ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगितामा ए डिभिजनमा रहेका क्लब, विदेशी टोली, पूर्वाञ्चल, पश्चिमाञ्चलका फुटबल क्लब र आयोजक गरी १२ टोलीको सहभागिता रहने आयोजक क्लबका महासचिव केशवराज बरालले बताए । प्रतियोगितामा १३ औँ संस्करणको उपाधि थ्रिस्टारले जितेको थियो ।

प्रतियोगिता सञ्चालनका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप), एन्फा, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, जिल्ला खेलकुद विकास समिति कास्की, एन्फा कास्की, सहारा युके, सहारा हङ्कङले सहयोग गर्नेछन् ।

प्रतियोगिताबाट बचत हुने पैसा आयोजकले सहारा एकेडेमीमा खर्च गदै आएको छ । एकेडेमीमा तेसो ब्याचमा १६ जिल्लाका २६ प्रशिक्षार्थी आश्रित छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment