Comments Add Comment

३२ अंकले बढ्यो नेप्से, २१ करोडको कारोबार

nepse१५ मंसिर, काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक ३२.२६ अंकले बढेर १०६६.३८ अंकमा पुगेको छ । दलहरुबीच राजनीतिक संवाद सुरु भएपछि त्यसको सकरात्मक प्रभाव नेप्सेमा परेको हो ।

मंगलबारको कारोबारमा वित्त कम्पनी समुहको सूचक एक ०.१४ अंकले घटेको छ भने अन्य सबै समुहगत सूचकहरु बढेका छन् ।

बीमा समुहको १ सय ७० अंकले, होटल समुहको १ सय २१ अंकले, वाणिज्य बैंक समुहको ३७ अंकले र जलविद्युत समुहको सूचक ३० अंकले बढेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । त्यसैगरी, विकास बैंक समुहको सूचक २३ अंकले र अन्य समुहको सूचक ४ अंकले बढेको छ ।

मंगलबार स्टक एक्सचेञ्जमा १ सय १५ कम्पनीका ४ लाख १६ हजार कित्ता सेयर २० करोड ७३ लाख रुपैयाँमा किनबेच भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment