Comments Add Comment

मधेसी मोर्चाका मागबारे कांग्रेस र एमाले आन्तरिक छलफलमा

susil-kp oli

१५ मंसिर,काठमाडौं । मधेसी मोर्चासँग बुधबार हुने भनिएको वार्ताका लागि साझा धारणा बनाउन प्रमुख दलहरु आन्तरिक छलफलमा जुटेका छन् ।

मधेशी मोर्चाले तीन दलको साझा धारणा मागेकाले प्रमुख तीन दलबीच सम्भवतः आजै साँझसम्म छलफल हुने स्रोतले जनाएको छ । तीन दल बैठकअघि सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेसका अलग अलग बैठक भइरहेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा एमाले नेताहरुबीच छलफल भइरहेको छ ।

त्यस्तै कांग्रेस सभापति सुशील कोइराला निवास महाराजगञ्जमा कांग्रेसका पदाधिकारीहरुको बैठक बसेको छ । मोर्चाको मागका सन्दर्भमा साझा धारणा बनाउ दलहरुले आन्तरिक छलफल गरेका हुन् ।

बुधबार साँझ ६ बजे मोर्चा सहित त्रिपक्षीय वार्ता हुने भनिएको छ । त्यसअघि तीन दलले सीमांकन लगायतका मोर्चाका मागमा साझा धारणा बनाउने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment