Comments Add Comment

राष्ट्रिय कविता प्रतियोगिता आयोजना भएको १० महिनापछि पुरस्कार वितरण

Yekal-Yatri-with-Bidhya-Bha

  • प्रतियोगिताका विजेता एकल यात्रीलाई पुरस्कार दिँदै राष्ट्रपति विद्या भण्डारी । तस्वीर : रासस

१५ मंसिर, काठमाडौं । गत वर्ष माघ ९ गते आयोजित राष्ट्रिय कविता महोत्सवका विजेताहरुलाई नेपाल प्रज्ञा प्रतिष्ठानले मंगलबार पुरस्कार वितरण गरेको छ ।

प्रतियोगिता सम्पन्न भएको १० महिनापछि प्रतिष्ठानले मंगलबार राष्ट्रपति कार्यालय शितल निवासमा औपचारिक समारोह आयोजना गरी राष्ट्रिय कविता महोत्सव २०७१ का विजेताहरुलाई पुरस्कार प्रदान गरेको हो ।

प्रतिष्ठानले गत माघ ९ गते गरेको महोत्सवमा सुर्खेतका एकल यात्री प्रथम भएका थिए भने ओखलढुंगाका चेतनाथ धमला दोस्रो भएका थिए । महोत्सवमा काठमाडौंकी शशी थापा पण्डित, लमजुङका हरिशरण परियार र गोरखाका नारायणप्रसाद पोखरेल तेस्रो भएका थिए ।

महोत्सवका विजेताहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिन् । महोत्सवमा प्रथम हुनेलाई २० हजार, दोस्रो हुनेलाई १५ हजार र तेस्रो हुनेलाई जनही १० हजार रुपैयाँ प्रदान गरिएको छ ।

पुरस्कार ग्रहणपछि विजेताहरुले उत्कृष्ट ठहरिएका कविता वाचन समेत गरेका थिए ।

कार्यक्रममा राष्ट्रपति विद्या भण्डारीले कला, संस्कृति र साहित्य मुलुकको पहिचान र अमूल्य गहना भएको भन्दै भाषा साहित्यलाई सिर्जनात्मक बनाउनुपर्ने धारणा राखिन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानले भाषा साहित्यको विकासका लागि भन्दै २०२२ सालदेखि हरेक वर्ष राष्ट्रिय कविता महोत्सव गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment