Comments Add Comment

डिसहोमले चरिकोटमा सेवा केन्द्र विस्तार गर्‍यो

Dish Home Charikot

१५ मंसिर, काठमाडौं । डिसहोमले दोलखको चरिकोटमा सेवा केन्द्र विस्तार गरेको छ । यो सँगै डिसहोमका सेवा केन्द्र १२ पुगेका छन् ।

डिसहोमका नायम महाप्रवन्धक कल्याण अधिकारी र प्रवन्धक सविन महर्जनले संयुक्त रुपमा सेवा केन्द्रको उद्घाटन गरे ।

यस अगाडि डिसहोमले पोखरा, चितवन, विर्तामोड, विराटनगर, नेपालगञ्ज, धनगढी, बुटवल, दाङ, लाहान, जनकपुरमा सेवा केन्द्र सञ्चालनमा ल्याइसकेको छ ।

डिसहोमले चाँडै नै महेन्द्रनगर र बाग्लुङमा सेवा विस्तार गर्ने जनाएको छ । ग्राहकलाई छिटो छरितो सुवा प्रदान गर्ने उद्येश्यले सेवा केन्द्रहरु विस्तार गरिएको हो ।

डिसहोमले सेवा केन्द्रबाट हार्डवयर र अन्य सर्भिस सम्बन्धी समस्याको समाधान र घरमै पुगेर दिने प्राविधिक सहायोग उपलब्ध गराउँछ । यसका साथै रिचार्ज र सिग्नल सम्वन्धी समस्याको पनि सेवा केन्द्रले समधान गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment