Comments Add Comment

जर्मन सांसदले भने-हात फैलाएर माग्दैछु मिस्टर मोदी, नाकाबन्दी रोक्नुस्

Omid-Nouripour

१५ मंसिर, काठमाडौं । भारतले नेपालमाथि गरेको नाकाबन्दीको विरोधमा नेपाली मात्रै होइन, विदेशीहरु पनि खुलेर बोल्न थालेका छन् ।

जर्मनीका एक सांसदले ट्वीटरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्वोधन गर्दै छोटो तर, भावुक ट्वीट गरेका छन् ।

कुन्दा दिक्षितले ट्वीटरमा राखेको वीर अस्पतालमा दाउराबाट खाना पकाइरहेको फोटोलाई उद्वृत गर्दै जर्मन सांसद ओमिद नौरिपुअरले ट्वीट गरेका हुन् ।

‘यो दर्दनाक छ । म तपाईंसित हात फैलाएर माग्दैछु मिस्टर मोदी, नेपालमाथिको नाकाबन्दी रोक्नुस्’ मोदीलाई मेन्सन गरेर उनले ट्वीट गरेका छन् ।

उनको ट्वीटलाई सयौं नेपालीहरुले मन पराएका छन् र रिट्वीट गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment