Comments Add Comment

एसटिएम टेलिकमको ३४ जिल्लाको सेवा रद्द

१५ मंसिर, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले एसटिएम टेलिकम सञ्चारको लिमिटेड मोविलिटी सर्भिस बेस्ड वन वायरलेस टेलिकम्युनिकेसन सेवाको अनुमतीपत्र रद्द गरेको छ ।

प्राधिकरणले २०६७ मंसिर ९ गते ३४ जिल्लामा प्रदान गरेको सेवाको अनुमतिपत्र रद्द गरिदिएको हो । सेवाको अनुमतिपत्र नविकरणका लागि नियमानुसार नविकरण दस्तुरसहित निवेदन पेश नगरेपछि रद्द गरिदिएको प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले जानकारी दिए ।

एसटिएमको अनुमतिपत्र दूरसञ्चार ऐन, २०५३ को दफा २५ (५) बमोजिम मंसिर ९ गतेदेखि लागू हुने गरी स्वतः रद्द भएको प्राधिकरणले जनाएको छ । उल्लेखित अनुमतिपत्रहरु बमोजिम सेवा प्राप्त गरेको कुनै पनि ग्राहकलाई मर्का पर्न गएमा प्राधिकरणमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

सेवा रद्द गरिएका जिल्लाहरू

STM

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment